Samajik Feed – News Portal from Nepal

मुख्यमन्त्री केजरीवाललाई न्यायिक हिरासतमा पठाइयो

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र […]

मधेशमा जारी एसईईमा चिट चोराउने कार्यको दोषी सीडीयो, एसपी र निरीक्षक: सांसद् झा

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले जारी एसईई परीक्षामा चिट चोराउने कार्य भएको विषयमा आम मधेशलाई दोष दिन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद् झाले मधेशमा चिट चोराउने कार्यको दोष प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले लिनुपर्ने बताएका हुन् । सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र […]

सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार

सामाजिक फीड, काठमाडौँ, १९ चैत । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत १६ गते १ […]

उपप्रधानमन्त्री श्रेष्ठ चीनको भ्रमण गरी स्वदेश फर्किए

काठमाडौँ, १९ चैत्र । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको ९ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ […]

२७ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

सामाजिक फीड, काठमाडौँ, १९ चैत । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले २७ वटा कम्पनीलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसका आधारमा कालोसूचीमा राख्ने संस्थाले सूचना जारी गर्दै जनाएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण […]

रुसी सेनामा कार्यरत पीडित परिवारद्वारा सिंहदरबारअघि प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र १९ गते । रुसी सेनामा कार्यरत पीडित परिवारका सदस्यले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ना भएका परिवार र आफन्तहरूले सोमबार बिहान उद्दार,राहत र बेपत्ताहरूको अवस्थाबारे जानकारी गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्। आफन्तको उद्दारको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ। […]

स्रोत नखुलेको करिब २८ लाखसहित दुई जना पक्राउ

सामाजिक फीड, सर्लाही, १९ चैत्र । सर्लाहीको मलंगवाबाट स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–९ मा झोला बोकी हिँडिरहेका मलंगवा–३ का कमर राजालाई प्रहरीले शंका लागेर जाँच गर्दा १ हजार दरको हजार थान गरी जम्मा १० लाख नगद बरामद गरेको थियो । प्रहरीले सोधपुछ गरेपछि थप करिब १८ […]

राष्ट्र बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

सामाजिक फीड, काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनका लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड […]

अमेरिकामा गोली हानाहान, ७ बालबालिका घाइते

सामाजिक फीड, न्युयोर्क, १९ चैत । अमेरिकाको डाउनटाउन इन्डियानापोलिसको एक मल बाहिर शनिबार राति गोली चल्दा सात बालबालिका घाइते भएका छन । इन्डियानापोलिस मेट्रोपोलिटन पुलिस अफिसरहरू गस्तीमा थिए जब तिनीहरूले ११ः३० बजे मात्र बन्दुकको आवाज सुनेका थिए। र सर्कल सेन्टर मल बाहिरको ब्लकमा आइपुगे। प्रहरीका अनुसार अधिकारीहरूले बन्दुकको गोली लागेर ६ जना घाइते भएको देखेको […]

बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज विश्वासको मत लिने

सामाजिक फीड, हेटौँडा, १९ चैत । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् […]