Samajik Feed – News Portal from Nepal

धनगढीमा एक प्रहरी जवान मृत फेला

सामाजिक फीडजनकपुरधाम, चैत्र २२ गते । धनगढीमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । दार्चुलाको शैल्यशिखर(९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका(७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका […]

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ, २२ चैत्र । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३३ हजार रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३४ हजार रुपैयाँ रहेको […]

एनआरएनएका दुबै कार्यसमिति खारेज

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले केसी र शर्मा दुबै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो । अदालतले २०७८ माघ १ गते एनआरएनएका […]

गायक राजेशपायल राई पक्राउ

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ । गएराति गायक राईसहित तीन जनालाई प्रहरीले मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको हो । हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com

जसपाले समानुपातिक सांसदमा हसिना खानलाई पठाउने

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउने भएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउन लागेको हो । जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो । ०७९ […]

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

सामाजिक फीड, काठमाडौँ, २२ चैत । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भारत मोतिहारी घर भएका २३ वर्षीय मोतिबाबु अन्सारी र झापा घर भएकी ४४ वर्षीया ज्ञानवती ताजपुरियालाई पक्राउ गरिएको हो । अन्सारीले दुबई पठादिने भनेर २ लाख ८० हजार र मलेसिया पठाइदिने भनेर ताजपुरियाले १ […]

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर

सामाजिक फीड, काठमाडौँ । पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरुले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा […]

आईपीएलमा आज गुजरात र पञ्जाव भिड्ने

सामाजिक फीड, भारत । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुनेछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि सुरु हुँदैछ । जारी आईपीएलमा गुजरातले ३ खेलमा २ जित र एक हार ब्यहोरेको छ भने पञ्जाव किंग्सले ३ खेलमा एक […]

मिस्टर एण्ड मिस नेशनलका अन्तिम ३० प्रतियोगीको घोषणा

सामाजिक फीड, काठमाडौँ, २२ चैत । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० प्रतियोगीको घोषणा गरिएको छ । बुधबार कमलादीमा आयोजित स्यास सेरेमोनी सेमि फाइनलिस्ट सार्वजनिक गरिएको हो। देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत् यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड नेशनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्ययले बताए। स्यास सेरेमोनीमा सबै प्रतिस्पर्धीलाई […]

नेपाल प्रहरीका १९ इन्स्पेक्टर डीएसपीमा बढुवा

सामाजिक फीड, काठमाडाैँ, २२ चैत्र । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयको बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। डीएसपीमा बढुवा हुनेहरूमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह […]