सामाजिक फीड,
काठमाडौँ, २२ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउने भएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउन लागेको हो ।
जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो ।
०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ ।