Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

भारत । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुनेछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि सुरु हुँदैछ ।

जारी आईपीएलमा गुजरातले ३ खेलमा २ जित र एक हार ब्यहोरेको छ भने पञ्जाव किंग्सले ३ खेलमा एक जित र २ हार ब्यहोरेको छ ।

गुजरातले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार ब्यहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

त्यस्तै पञ्जाव किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।

त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेका छन् । पछिल्लो वर्षमा शिखर सक्रिय क्रिकेटबाट बाहिर रहेका छन् । उनी राष्ट्रिय टिमबाट बाहिर छन् भने घरेलु क्रिकेटसमेत खेलेका छैनन् । ३८ वर्षीय धवन पछिल्लो आईपीएलदेखि कुनै क्रिकेट नखेलेकाले उनका लागि यो आईपीएल महत्वपूर्ण हुनसक्ने देखिन्छ । आइपीएलको प्रदर्शनले उनले राष्ट्रिय टिममा पुनरागमनको प्रयास गर्ने छन् ।

त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आईपीएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौँ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *