सामाजिक फीड,
काठमाडौँ, २२ चैत । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० प्रतियोगीको घोषणा गरिएको छ ।
बुधबार कमलादीमा आयोजित स्यास सेरेमोनी सेमि फाइनलिस्ट सार्वजनिक गरिएको हो।
देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत् यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड नेशनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्ययले बताए।
स्यास सेरेमोनीमा सबै प्रतिस्पर्धीलाई प्रतियोगी अंकसमेत प्रदान गरियो थियो। स्यास ग्रहण गर्दै प्रतियोगीहरूले आ-आफ्नो परिचय दिएका थिए।
जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थमा योगदान पुर्याउनु रहेको छ। यसपटक मिस्टर एण्ट मिस नेशनल २०२४ मा प्रतियोगीहरूमा विद्यार्थी, खेलाडी, मोडल, चिकित्सकतगायतका रहेका छन्।