Samajik Feed – News Portal from Nepal

एमालेको बारा अध्यक्षमा पाण्डेय निर्वाचित

बारा, २५ चैत्र । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। उनले ३७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए। उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी थिइन् । यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको […]

हिजाब फुकालेर ‘मगशट’ लिएपछि दुई अर्बभन्दा बढी जरिवाना

न्युयोर्क, २५ चैत । अमेरिकाको न्युयोर्कमा प्रहरीले मुस्लिम महिलाको हिजाब फुकाल्न लगाएर ‘मगशट’ (अभियुक्त पक्राउ परेपछि लिइने फोटो‌) लिएको विषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि १७.५ मिलियन अमेरिकी डलर (दुई अर्ब ३२ करोडभन्दा बढी) तिर्न पनि सहमति जनाएको छ । ‘मगशट’ विशेष […]

फ्रेन्डसिप कपको आज फाइनल, नेपाल र गुजरात भिड्ने

काठमाडौँ, २५ चैत । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गत आज नेपाल र गुजरातबीच फाइनल हुँदैछ । गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ सुरु हुनेछ । यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुबै खेलमा पराजित गरेको थियो । नेपालले बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार ब्यहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई […]

बच्चा बेचबिखन गर्ने गिरोहको पर्दाफास

नयाँदिल्ली, २४ चैत । भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले देशभर बाल बेचबिखन गर्ने गिरोहको पर्दाफास गरेको छ । अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो । तीमध्ये दुई जना बालक छन्, जसमध्ये एउटा डेढ दिनको र अर्को १५ […]

काठमाडौँ: विद्यालयबाट पुस्तक, पोशाक र स्टेशनरी किन्न बाध्य पारिए कारबाही

काठमाडौँ, २४ चैत्र । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुनविपरीत नगर्न सचेत गराएको हो । सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग […]

ठूलो परिमाणमा लागुऔषध बरामद्, दुई जना पक्राउ

सामाजिक फीड, सर्लाही २४ चैत । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तीन हजार ट्याब्लेटसहित हरिवन नगरपालिका–७ चिताइनका २८ वर्षीय पिन्टुकुमार गुप्ता र ३० वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो। लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज. ४ प ५१३६ नम्बरको मोटरसाइकल चेकजाँच […]

बसले ठक्कर दिँदा एक ट्राफिक प्रहरीकाे मृत्यु

सामाजिक फीड, बारा, २४ चैत । बारामा बसले ठक्कर दिँदा डियुटीमा रहेका एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । गएराति बसले ठक्कर दिँदा प्रहरी जवान पर्साकाे छिपहरमाई गाउँपालिका मिर्जापुरका मुनटुन यादवको मृत्यु भएको हो । प्रहरी जवान यादवलाई अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौँबाट काँकरभिट्टाका लागि हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर […]

इरान र इजरायलबीच थप तनाव बढ्यो

सामाजिक फीड, एजेन्सी । इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि दुबै देशबीच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस विषयमा इरानले अमेरिकालाई इरान […]

रणवीर कपुरको रामायणको सुटिङ सुरु

भारत । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ । कलाकारहरूको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपुरसमेत रहेको यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ। लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन् । नितेशले […]

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

सामाजिक फीड, काठमाडौँ, २४ चैत । उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको […]