Skip to main content

सामाजिक फीड,

सर्लाही २४ चैत । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका–१ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तीन हजार ट्याब्लेटसहित हरिवन नगरपालिका–७ चिताइनका २८ वर्षीय पिन्टुकुमार गुप्ता र ३० वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज. ४ प ५१३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध नाइट्राभेटसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

आरोपीहरूले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार थान बरामद् भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन्।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *