संघीय सरकारको गलत दृष्टिकोणले मधेशको शैक्षिक अवस्था बिग्रिएको: मुख्यमन्त्री सिंह

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । मुख्यमन्त्री सतीश कुमार सिंहले संघीय सरकारको गलत नियत र नीतिका कारण मधेश प्रदेशको शिक्षा क्षेत्रमा पछाडि परेको आरोप लगाएका छन्। जनकपुरधामस्थित अक्षर विद्या मन्दिरको ११औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको र शिक्षामा गुणात्मक सुधार गर्न अवरोध पुर्याएको बताए। “संघीय सरकारले प्रदेश गठन […]
सप्तरीमा न्याय माग्दा महिलालाई धम्की, गाउँ छोड्न बाध्य

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ स्थित कविलासाका ५५ वर्षीया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा बेपत्ता प्रकरणमा न्याय माग्दा ज्यान मार्ने धम्की पाएको गुनासो गरेकी छन्। बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडित साहले घटनाका आरोपितका आफन्तबाट धम्की आउन थालेपछि आफू गाउँमा बस्न असुरक्षित भएको बताइन्। उनले सुरक्षासहित बस्ने वातावरण सिर्जना गर्न […]
लोकतान्त्रिक समाजवादी पार्टीले ६ केन्द्रीय सदस्य थप्यो

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पुनः ६ जना केन्द्रीय सदस्य थप गरेको छ। बुधबार मात्रै ८ जना केन्द्रीय सदस्य मनोनीत गरेका लोसपाका अध्यक्ष ठाकुरले बिहीबार थप ६ जनालाई मनोनीत गर्दै केन्द्रीय समितिलाई ३६१ सदस्यीय बनाएका हुन्। नवनियुक्त केन्द्रीय सदस्यहरूमा महोत्तरीका सेवल महरा, ललितपुरकी जमुना केसी झा, […]
विद्यापति चोकस्थित दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । जनकपुरधामको विद्यापति चोकस्थित दुर्गा मन्दिर परिसरमा आज बिहान एक पुरुषको शव फेला परेको छ। मृतकको उमेर अन्दाजि ४५–५० वर्षको रहेको र पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ। शवको मुखमा कुनै वस्तुले प्रहार भएको देखिएको र घटनास्थलमा ईटा फेला परेका कारण हत्या भएको आशंका गरिएको छ। धनुषाका प्रहरी प्रमुख […]
धनुषामा जलेको अवस्थामा बोरा भित्र शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पर्शुराम तलाउस्थित नदी किनारमा बोरा बाँधेर फालिएको अवस्थामा एक मानव शव फेला परेको छ। शवको चारैतर्फ आगो जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीका अनुसार, जलेको बोरा हटाएपछि मृतकको खुट्टा बाहिर देखिन थालेपछि शवको अवस्था संदिग्ध रहेको कुरा पुष्टि भएको छ। […]
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।जनकपुरले […]
मन्त्रिपरिषदले निर्देशकबाट कुलमान घिसिङलाई हटाउने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको छ। स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई ऊर्जा विज्ञको रूपमा अन्यत्र सरुवा गर्ने योजना बनाएका छन्। घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाएर कुनै निकायमा विज्ञका रूपमा नियुक्त गर्ने तयारी भइरहेको छ, र त्यसमा […]
चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवर जनवरी ४ मा विराटनगरमा प्रस्तुति दिने

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले आगामी जनवरी ४ मा विराटनगरको नमस्कार रिजेन्सीमा ‘सुनिल ग्रोवर न्यु इयर ब्यास’ नामक कार्यक्रम प्रस्तुत गर्न जा रहे छन्। अंग्रेजी नयाँ वर्षको अवसरमा हुने यस विशेष कार्यक्रमले सुनिलका प्रशंसकलाई नयाँ वर्षको खुशी थप्न मौका दिनेछ। डाक्टर गुलाटीको भूमिकामा प्रसिद्धि कमाएका ग्रोवर अहिले नेटफ्लिक्सको […]
१७ वर्षीया किशोरीको हत्यापछि लो-बेडभित्र लुकाइयो शव, मोबाइलले खोल्यो पोल

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । चन्द्रागिरि नगरपालिका–१० स्थित सतुगंल खरिबोटकी १७ वर्षीया किशोरी सरिता तामाङको शव फेला परेको छ। उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएर भाइटीका २९ मंसिरको राति हराएको जानकारी दिएका थिए। प्रहरीले खोजी कार्य सुरू गरेपछि, ३ पुस दिउँसो ३ बजेतिर सरिताको शव काठमाडौंको चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको […]
सर्लाहीमा सामुदायिक विद्यालयको भ्रष्टाचार विवाद: शिक्षकहरू कार्यालयमै थुनिए

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सर्लाहीको गोडैता नगरपालिका–२ स्थित एक सामुदायिक विद्यालयमा अनियमितताको आरोपमा आक्रोशित अभिभावकहरूले शिक्षकहरूलाई विद्यालयको कार्यालयमा थुनेका छन्। बुधबार बिहान विद्यालय पुगेका शिक्षकहरूलाई अभिभावकहरूले कार्यालयमा थुनेर ढोकामा ताल्चा लगाएका थिए। आधारभूत विद्यालयका प्रधानाध्यापक गर्भु महतोमाथि विद्यालय व्यवस्थापन समिति गठन नगरी एकलौटी निर्णय गर्ने, विद्यार्थीका लागि प्राप्त सुविधा लक्षित समूहसम्म नपु¥याउने र […]