सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।
चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले आगामी जनवरी ४ मा विराटनगरको नमस्कार रिजेन्सीमा ‘सुनिल ग्रोवर न्यु इयर ब्यास’ नामक कार्यक्रम प्रस्तुत गर्न जा रहे छन्। अंग्रेजी नयाँ वर्षको अवसरमा हुने यस विशेष कार्यक्रमले सुनिलका प्रशंसकलाई नयाँ वर्षको खुशी थप्न मौका दिनेछ।
डाक्टर गुलाटीको भूमिकामा प्रसिद्धि कमाएका ग्रोवर अहिले नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’मा अभिनय गरिरहेका छन्। उनले ‘द कपिल शर्मा शो’ मा रिंकु भाबी र डा. महसुर गुलाटीको भूमिकामा अभिनय गर्दै ठूलो लोकप्रियता हासिल गरेका थिए। यो ग्रोवरको नेपालमा तेस्रो पटकको प्रस्तुति हुनेछ। यसअघि उनले २०७४ सालमा नेपाल भ्रमण गर्दै पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए र गत महिना काठमाडौंको एभरेस्ट होटल मैदानमा प्रस्तुति दिएका थिए।
ग्रामीण र शहरी दर्शकहरू माझ उच्च लोकप्रियता पाएका ग्रोवरको विराटनगरको कार्यक्रमको लागि खल्तीले टिकट बिक्री गर्दै छ।