सामाजिक फीड-
जनकपुरधाम, पुस ५ गते ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पुनः ६ जना केन्द्रीय सदस्य थप गरेको छ।
बुधबार मात्रै ८ जना केन्द्रीय सदस्य मनोनीत गरेका लोसपाका अध्यक्ष ठाकुरले बिहीबार थप ६ जनालाई मनोनीत गर्दै केन्द्रीय समितिलाई ३६१ सदस्यीय बनाएका हुन्।
नवनियुक्त केन्द्रीय सदस्यहरूमा महोत्तरीका सेवल महरा, ललितपुरकी जमुना केसी झा, काठमाडौंकी गीता श्रेष्ठ, सर्लाहीका ललिन्द्रकुमार राय, रामहरि तिवारी र बाराका फिरोज समावेश छन्।
यसअघि बुधबार सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कञ्चनपुरकी भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनारलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो।