Samajik Feed – News Portal from Nepal

भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । भारतमा संसद्को तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान हुँदै छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ । यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज […]

नेपाल चाटर्ड एकाउण्टेण्टस सघं को ३५औ केन्द्रिय कार्य समितिको लागि चुनाव सम्पन्न

सामाजिक फीडजनकपुरधाम, बैशाख ३० गत्ते । नेपाल चाटर्ड एकाउण्टेण्टस सघं (ACAN) को ३५औ केन्द्रिय कार्य समितिको लागि चुनाव मिति २०८१ वैशाख २९ गते कोमल होटल ढल्केवरमा सम्पन्न भयो जसमा मधेश प्रदेशबाट ८० चाटर्ड एकाउण्टेण्ट मध्ये ५१ जना मतदानमा सहभागि भएका थिए । मधेश प्रदेशमा कार्य समिति र धनुषा र पर्सा जिल्ला कार्य समिति सर्वसम्मतबाट चयन […]

मधेश सरकारबाट एमाले पनि बाहिरियो

जनकपुरधाम, ३० वैशाख। नेकपा एमाले पनि मधेश सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए […]

राष्ट्र बैंक रिपोर्ट: काठमाडौँको महँगी ४.०६ र तराईको ४.५८ प्रतिशत

काठमाडौँ, ३० वैशाख । चैत्र महिनामा महँगी घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ९ महिना वित्तीय विवरणमा चैत्र महिनामा मुद्रा स्फिती घटेको देखिएको हो । रिपोर्टका अनुसार २०८० चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिती ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो […]

लुम्बिनी: जसपा नेपालका तीनमध्ये दुई सांसद् राईतर्फ लागे

सामाजिक फीड, बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुबै जना बाँके-२ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएका थिए । जसपा […]

केन्द्र सरकारबाट बाहिरिने जसपा नेपालको तयारी

सामाजिक फीड, काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टी नेपाल संघीय सरकारबाट बाहिरिने तयारी गरेको छ । आइतबार नेकपा माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले पनि केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गरिरहेका छन् । यादवले आजै प्रधानमन्त्री र […]

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् । राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् ।  साथै माओवादी केन्द्रले आजै सरकारबाट […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम […]

अल्लु अर्जुनविरुद्ध मुद्दा दर्ता

सामाजिक फीड, भारत । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आन्ध्र प्रदेश प्रहरीले मुद्दा दर्ता गरेको हो । आन्ध्र प्रदेशमा लोकसभा चुनावसँगै विधानसभा चुनाव हुँदैछ। नांघाल सिटबाट अल्लु अर्जनका साथी शिल्पा रवि चन्द्र किशोर रेड्डीले उम्मेदवार दिएका छन्। चुनाव प्रचारको अन्तिम दिन अल्लु अर्जुन साथीलाई समर्थन गर्न पुगेका थिए। तर […]

जसपा नेपालले आज निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्ने

सामाजिक फीड, काठमाडाैँ, ३० वैशाख । जनता समाजवादी पार्टी नेपालले आज निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर गठित अशोक राईको जसपालाई आयोगले मान्यता दिएपछि मुद्दा दायर गर्न लागिएको हो । त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको पार्टी […]