सामाजिक फीड,
काठमाडाैँ, ३० वैशाख । जनता समाजवादी पार्टी नेपालले आज निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर गठित अशोक राईको जसपालाई आयोगले मान्यता दिएपछि मुद्दा दायर गर्न लागिएको हो ।
त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको पार्टी निकट एक अधिवक्ताले बताए । हाल संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगले अवैधानिक रूपमा दल दर्ता गरेको आरोप जसपा नेपालको रहेको छ ।