सामाजिक फीड
जनकपुरधाम, बैशाख ३० गत्ते ।
नेपाल चाटर्ड एकाउण्टेण्टस सघं (ACAN) को ३५औ केन्द्रिय कार्य समितिको लागि चुनाव मिति २०८१ वैशाख २९ गते कोमल होटल ढल्केवरमा सम्पन्न भयो जसमा मधेश प्रदेशबाट ८० चाटर्ड एकाउण्टेण्ट मध्ये ५१ जना मतदानमा सहभागि भएका थिए ।
मधेश प्रदेशमा कार्य समिति र धनुषा र पर्सा जिल्ला कार्य समिति सर्वसम्मतबाट चयन भयो ।
नेपाल चाटर्ड एकाउण्टेण्टस सघं मधेश प्रदेशको अध्यक्षमा श्री प्रमोद कुमार साह, सचिब सन्तोष गुप्ता, कोषाध्यक्षमा चित्र सेन साह, सदस्यमा विकाश जयस्वाल र अमित पौडेल गरी ५ सदस्यीय समिति चयन भयो र धनुषा च्यापटरका अध्यक्ष श्री मनोज पौडेल र पर्सा च्यापटरका अध्यक्ष श्री गणेश ठाकुर सर्वसम्मतबाट चयन भए। यो चुनाव मधेश प्रदेशका निवर्तमान अध्यक्ष अरविन्द खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो ।