सामाजिक फीड,
काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टी नेपाल संघीय सरकारबाट बाहिरिने तयारी गरेको छ । आइतबार नेकपा माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले पनि केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो ।
जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गरिरहेका छन् । यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफलसमेत गरेका थिए । छलफल सकारात्मक नभएसँगै माओवादी केन्द्रले आजै मधेशको सरकार छोडेको छ भने एमालेले पनि मधेशको सरकार छोड्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले सरकार छोडेसँगै मधेश प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद छन् ।