सामाजिक फीड,
बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् ।
प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।
दुबै जना बाँके-२ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
जसपा नेपालका लुम्बिनीमा ३ सांसद रहेका छन् । दुई जना जसपामा लागेसँगै अब जसपा नेपालका एक सांसद् छन् ।