धनुषा सहित १२ जिल्लाका सिडिओको सरुवा

समाजिक फीड जनकपुरधाम, चैत ६ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृह मन्त्रालयले मंगलवार धनुषा सहित १२ सिडियो हेरफेर गरेको हो । मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक समेत बदली गरेको छ । कोषहरि निरौलालाई मन्त्रालय विभागमा पठाएका हुन् । धनुषाबाट चक्रपाणि पाण्डेलाई सरुवा गर्दै उनको ठाउँमा गृहले रामुराज कडरियालाई खटाएको छ । […]
इजाजत पाएका हतियारको विवरण जिल्ला प्रशासन कार्यालयलाई पठाउन गृहको निर्देशन

समाजिक फीड जनकपुरधाम, चैत ६ गते । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले मंगलबार हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । हिजो सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका […]
मधेशमा तीनवटै मन्त्रालय कांग्रेसबाट खोसेर एमालेलाई दिइयो

सामाजिक फीड, जनकपुरधाम, ६ चैत्र । मधेश प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एकाले संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवलाई गृह सञ्चार तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनले मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा […]
सप्तरी र सिरहामा गाँजा बरामद्

सामाजिक फीड, सप्तरी, ६ चैत्र । सप्तरीको छिन्नमस्तामा करिब १ सय २० किलो गाँजा बरामद् भएको छ । मंगलबार छिन्नमस्ता गाउँपालिका–३ सखडा मौहुवा नहरबाट अबैध लागूऔषध १ सय २० किलो गाँजा प्रहरीले बरामद् गरेको हो । प्रहरी टोलीलाई देखेपछि गाँजा लिएर गइरहेका व्यक्तिहरू बोरा फालेर फरार भएका छन् । त्यस्तै सिरहा धनगढीमाई नगरपालिका–११ श्यामपुरस्थित परालको […]
लुटपाट गर्ने योजना बनाउँदै थिए सर्लाही बाट पक्राउ परेका दुईजना डाँका, यसरी प्रहरीले पक्रियो

सामाजिक फीडजनकपुरधाम , चैत्र ६ गते सर्लाही प्रहरीले पक्राउ गरेका भारतका मस्ट वान्टेड दुई जना डाँका आरोपी ७ वटा घटनामा संलग्न भएको खुलेको छ। सोमबार राति सर्लाही प्रहरीले भारत बिहार सीतामढी थाना सैयारा ग्राम बस्ने २८ वर्षीया सन्नी कुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट एक […]
पर्सामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र ६ गते । पर्साको ठोरीमा जंगलमा घास काट्न गएका बेला बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । आक्रमणबाट ठोरी गाँउपालिका( ४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको कुसुमबाटिका बन उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए । मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला जंगलबाट आएको बाघले आक्रमण […]
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवा नेताको मृत्यु

समाजिक फीडजनकपुरधाम, चैत्र ६ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवा नेताकोमृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ का ३५ वर्षीय कैलास साह छन् । उनी लोसपाका भंगहा-५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् । उनी सबार मधेश प्रदेश ०२(००७ प ४२६४ नम्बरको मोटरसाइकल सोमबार राति जनकपुर(ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका ६ स्थित […]
नेसपाले यादवसहितका नेताहरूलाई जिम्मेवारीबाट हटायो

सामाजिक फीड, काठमाडाैँ, ६ चैत्र । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले अर्का अध्यक्ष महिन्द्रराय यादवसहित नेताहरूलाई जिम्मेवारीबाट हटाएको छ । काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न हस्ताक्षर गर्नेहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको हो । गत शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित माओवादी पदाधिकारीहरू र नेसपा […]
तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

साकाजिक फीडजनकपुरधाम, चैत्र ६ गते। मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा […]
बर्दिबासमा उमेर पुगेर विवाह गर्ने मुसहर समुदायका जोडीलाई नगरपालिकाले ५० हजार रुपैँया दिने

समाजिक फीड जनकपुरधाम, चैत ५ गते । महोत्तरीको बर्दिबास नगरपालिकाले उमेर पुगेर बिहे गर्ने मुसहर समुदायका जोडीलाई ५० हजार रुपैँया प्रोत्साहन रकम दिने भएको छ । बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् । अठारदेखि ६९ वर्ष उमेर समूहका […]