सामाजिक फीड,
जनकपुरधाम, ६ चैत्र । मधेश प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एकाले संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवलाई गृह सञ्चार तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनले मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
यसअघि, सोमबार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरिएको थियो । पछिल्लो निणर्यसँगै नेपाली कांग्रेसले सम्हाल्दै आएको तीनवटै मन्त्रालय नेकपा एमालेको भागमा परेका छन् । एमालेलाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको पनि मन्त्री यादवले बताएका छन् ।
संघमा सत्ता गठबन्धन परिवर्तनसँगै मधेशलगायत सबै प्रदेशमा त्यसको असर देखिएको हो ।
