समाजिक फीड
जनकपुरधाम, चैत ६ गते ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृह मन्त्रालयले मंगलवार धनुषा सहित १२ सिडियो हेरफेर गरेको हो ।
मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक समेत बदली गरेको छ । कोषहरि निरौलालाई मन्त्रालय विभागमा पठाएका हुन् ।
धनुषाबाट चक्रपाणि पाण्डेलाई सरुवा गर्दै उनको ठाउँमा गृहले रामुराज कडरियालाई खटाएको छ ।
त्यसैगरि संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरूङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यको सरुवा भएको मन्त्रालयले जनाएको छ ।