Samajik Feed – News Portal from Nepal

सामाजिक फिड
जनकपुरधाम

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन् ।

केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचना पछि आज संसदमा क्षमा याचना गरेका हुन ।

जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन । उनलाइ सामाजिक सञ्जाल देखी हिजो पार्टी पदाधिकारीको बैठकमा पनि सो अभिब्यक्तिलाइ लिएर आलोचना गरिएको थियो ।

गत चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति ब्यक्ति भएको भन्दै यसमा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि प्रस्टाएका छन ।

‘चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु’, घिमिरेले संसदमा भने ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *