सामाजिक फीड-
माघ २२ गते – जनकपुरधाम
स्याङ्जा वालिङ नगरपालिका-१४ तमादीस्थित कच्ची सडकमा मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
ग१च ८९१३ नम्बरको स्कारपियो वालिङबाट सिरबानीतर्फ जाँदै गर्दा सडकबाट करिब चार मिटर तल खसेको थियो।
दुर्घटनामा वालिङ-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।
घाइतेहरूको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। स्कारपियोमा आठ जना सवार थिए, जसमध्ये तीन जना सकुसल रहेको प्रहरीको भनाइ छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।