Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १३ गते – जनकपुरधाम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता रहेको बताएका छन्। उनले वर्तमान व्यवस्थाले देशलाई अगाडि बढाउन नसक्ने भन्दै संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने तर्क राखेका छन्।

शाहीका अनुसार, संसदबाट चयन हुने प्रधानमन्त्री र मन्त्रीहरू प्रभावकारी हुन नसकेकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणा देशका लागि उपयुक्त हुन सक्छ। उनका अनुसार, यस्तो व्यवस्थाले सरकारलाई जवाफदेही बनाउँदै देशलाई स्थायित्व दिन सक्नेछ।

उनले दशैं-तिहारपछि सरकार र व्यवस्थाप्रति कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *