Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १३ गते – जनकपुरधाम

स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन्। 

शनिबार काठमाडौंमा अबेर सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्ले सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।


मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै दुईजना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् भने अर्को एक पदमा भने सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक–एक वर्ष आलोपालो गर्ने सहमति भएको छ।

त्यसैगरी महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी तथा कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन्। साथै, सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष निरा राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *