सामाजिक फीड-
१६ गते जनकपुरधाम
मोबाइल सेवाप्रदायक एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल)को टिम लुम्बिनी लायन्सको शीर्ष प्रायोजक बनेको छ। आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा एनसेल र लुम्बिनी लायन्सबीच प्रायोजन सम्झौता भएको हो।
सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जब्बर कायुमोभ र लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले हस्ताक्षर गरे। कार्यक्रममा लुम्बिनी लायन्सको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो, जसमा एनसेलको लोगो अंकित छ।
यसैगरी, एनसेल एनपीएलको पहिलो संस्करणको ‘पावर्ड बाई पार्टनर’को रूपमा समेत रहनेछ।
एनसेलका प्रमुख कायुमोभले यो प्रायोजनले खेलकुदको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। लुम्बिनी लायन्सका अध्यक्ष जिसीले एनसेलको समर्थनले टिमलाई थप उत्साह र बल प्रदान गर्ने बताए।
एनपीएलको पहिलो संस्करणका खेलहरू चाँडै नै सुरू हुने तयारी भइरहेको छ, जसमा विभिन्न उत्कृष्ट टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।