सामाजिक फीड-
१० गते जनकपुरधाम
सरकारले सुनको भन्सार दर घटाएपछि नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकै दिनमा सुनको मूल्य प्रतितोला १५,९०० रूपैयाँले घटेको छ। यसअघि प्रतितोला १६७,२०० रूपैयाँ रहेको सुनको मूल्य अब घटेर १,५१,३०० रूपैयाँमा झरेको छ।
यस परिवर्तनको मुख्य कारण मन्त्रिपरिषद्को हालैको निर्णय हो, जसअनुसार सुनको भन्सार दर २०% बाट घटाएर १०% कायम गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा यो दर १५% बाट बढाइएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको मूल्य पनि घटेर प्रतितोला १,८४५ रूपैयाँमा झरेको छ। यसअघि चाँदीको मूल्य १,९६० रूपैयाँ रहेको थियो। सरकारको यो निर्णयले चाँदीको भन्सार दर पनि १५% बाट घटाएर १०% बनाइएको छ।
सरकारको यो कदमले बजारमा सुनचाँदीको मूल्यमा स्थिरता ल्याउने अपेक्षा गरिए पनि यसले उपभोक्तालाई सकारात्मक प्रभाव पार्ने देखिएको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।