Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते।

लोकप्रिय लोकगायिका शारदा सिन्हाको मंगलबार राति ७२ वर्षको उमेरमा दिल्लीको एम्स अस्पतालमा निधन भएको छ। “बिहारकोकिला” उपाधि पाएकी सिन्हा विशेषत: विवाह गीत र छठ गीतका लागि प्रसिद्ध थिइन्। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्।

सिन्हाले १९८० मा रेडियो र दूरदर्शनबाट आफ्नो करियर सुरु गर्दै भोजपुरी, मैथिली र हिन्दीमा गीत गाएकी थिइन्। छठ पर्वको गीतमा उनको विशेष योगदान रहेको छ, जसले उनलाई बिहार र उत्तर भारतमा सांस्कृतिक पहिचान दिलायो। उनको निधनसँगै भारतीय लोकसंगीतले एक अद्वितीय स्वर गुमाएको छ।

सिन्हालाई २०१८ मा पद्म भूषणले सम्मानित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *