सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १९ गते।
जल तथा मौसम विज्ञान विभागले सोमबार देशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बादल लागेको र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ। काठमाडौं लगायत देशका केही भागमा पनि वर्षा भइरहेको छ।
विभागका अनुसार आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी पहाडी क्षेत्रका थोरै स्थानहरूमा, तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, तथा सडक र हवाई यातायातमा क्षणिक असर पर्न सक्ने भएकाले विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागका अनुसार मंगलबारदेखि क्रमशः मौसममा सुधार आउने अपेक्षा गरिएको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।