Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ८ गते।

 नेपाल प्रिमियर लिग (एनपीएल) मा न्यूजील्याण्डका ब्याटिंग अलराउण्डर जिम्मी निशाम जनकपुर बोल्टबाट खेल्ने भएका छन् ।

३४ बर्षिय ब्याटिंग अलराउण्डर निशामलाई जनकपुरले भित्र्याएको जानकारी दिएको छ ।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
 
लुम्बिनी लाइन्स

– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

पोखरा एभेन्जर्स 

– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
 

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

– पाकिस्तानका अल राउण्डर हुसैन टलात 


Leave a Reply

Your email address will not be published. Required fields are marked *