सामाजिक फीड-
जनकपुरधाम, असोज १३ गते।
नेपालमा निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले अहिलेसम्म १०४ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन्। गृह मन्त्रालयका अनुसार, विभिन्न जिल्लामा विपद्को चपेटामा परेर धेरै जनधनको क्षति भएको छ।
तीन दिनको अवधिमा मात्रै १०४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७३ जना घाइते भएका छन्। बाढी-पहिरो प्रभावित क्षेत्रहरूमा ३,३९० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अहिले पनि उद्धार तथा राहत कार्य जारी छ, तर प्रतिकूल मौसमका कारण केही स्थानमा कठिनाइ भइरहेको छ
सरकारले प्रभावित क्षेत्रका पीडितहरूलाई तत्काल राहत र उद्धारको प्रयासमा सेना, प्रहरी, र अन्य सुरक्षा निकायहरू परिचालन गरेको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।