Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।

माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको उत्तरी क्षेत्रलाई  पुरातात्त्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न पहल गर्ने वताएका छन ।

मंगलवार होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले गौतम होटलमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको उत्तरी क्षेत्र पुरातात्त्विक हिसावले महत्त्वपूर्ण भएको हुनाले विकास गर्ने प्रसस्त आधार देखिएको वताए ।

मधेश प्रदेश कै अग्लो मानिएको वर्दिवास-११ को  चनौटे डाँडोको विविधतायुक्त हावापानी, पाटुको मध्यपाषण युगको हतियार कारखाना, गिद्व वासस्थान लगायतका याँहाका ठाउँहरु पर्यटकिय उर्वर क्षेत्र रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

चनौटे डाँडामा त म पनि  पुगेको छु । त्याँहा पुगेपछी म आफैले पनि अनौठो  महसुस गरेको थिए ।´ उन्ले भने  । `यी सवै ठाउँहरुको पर्वद्वन र पर्यटकिय गन्तव्य वनाउन प्रतिपक्षमा नै भएपनी पहल गर्नेछु ।´

पर्यटन व्यवसायीहरुले १२ हजार बर्ष पहिला हतियार कारखाना रहेको भनिएको पाटुलाई पुरातात्त्विक पर्यटन केन्द्र घोषणाको लागि  सरकारलाई पहल गरिदिन पनि अनुरोध गरेका छन ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतम, महोत्तरी अध्यक्ष गुन्ज कार्की, माहासचिव नारायण घिमिरे लगायतले दिगो विकासको लागि पर्यटन उधोग स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष  कार्कीले बन्जी जम्प, जिपलाईन जस्ता परियोजना निर्माण गरेर पर्यटकहरुलाई आकर्षित गर्न सकिने धारणा राखे ।

छलफलमा उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले अध्यक्ष प्रचण्डलाई रातु-राईमन्डल पर्यटन विकासको लागि ध्यानाकर्षण -पत्र नै बुझाएका थिए भने स्थानिय पत्रकारहरुले पर्य्टकिय गन्तव्यहरुको विषयमा ध्यानाकर्षण गराएका थिए ।

धार्मिक, साँस्कृतिक र प्राकृतिकरुपमा पर्यटकीय  दृष्टिकोणले मधेश प्रदेश ठूलो पर्यटकिय हव वन्न सक्ने वताउदै अध्यक्ष प्रचण्डले छलफलमा प्राप्त भएका सुझावहरुलाई गम्भिररुपमा लिएको वताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *