सामाजिक फीड-
जनकपुरधाम, भदौ २५ गते ।
जनकपुरधाममा राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको मास्टर प्लान सार्वजनिक गरिएको छ। यस ऐतिहासिक परियोजनाको प्रस्तुति कार्यक्रममा मूख्यमन्त्री सतिस सिंह, भौतिक तथा पूर्वाधार मन्त्री सरोज यादव, र अर्थमन्त्रीको सहभागिता रहेको थियो।
नगर प्रमूख मनोज साहको निरन्तर प्रयासमा यो योजना अघि बढाइएको हो। भौतिक तथा पूर्वाधार मन्त्री सरोज यादवले असोजको अन्तिम साता वा कार्तिकको पहिलो हप्तामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरूको उपस्थितिमा रंगशालाको शिलान्यास गरिने जानकारी गराउनुभयो।
यो बहुउद्देशीय रंगशालाले जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको केन्द्रबिन्दु बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।