सामाजिक फीड
जनकपुरधाम,भाद्र १६
नेपाल प्रिमियर लिग (एनपिएल) को बहुप्रतिक्षित टुंगो लगाउन आठवटा टिमहरुको घोषणा भएको छ, जसमा प्राचीन शहर जनकपुर पनि समावेश भएको छ। नेपाल क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ कि यो अन्तर्राष्ट्रिय स्तरको लिग नोभेम्वर ३० देखि डिसेम्वर २१ सम्म आयोजना हुनेछ।
धनुषाको मुकाम र मधेश प्रदेशको राजधानी जनकपुरधाम, जुन प्राचीन मिथिलाको राजधानीको रूपमा परिचित छ, अब क्रिकेटको नयाँ पहिचान बनाउन अग्रसर भएको छ। क्रिकेटको जननी मानिने यस शहरले आफ्नो पुरानो गौरवलाई फिर्ता ल्याउने अवसर पाएको छ।
जनकपुरका आलावा विराटनगर, चितवन, काठमाण्डौं, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमको नामले पनि टिमहरु अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
“यो जनकपुरका लागि एकदमै खुसी र गर्वको कुरा हो,” क्यान धनुषाका अध्यक्ष गुड्डु पाण्डेले भने। “क्रिकेटको माध्यमबाट जनकपुरको नाम विश्वभर पुग्नेछ।”
जनकपुरलाई धार्मिक पर्यटन र क्रिकेट खेल मैदानको केन्द्र बनाउन सके युवाहरुको क्षमताको सही सदुपयोग हुनसक्छ भने आर्थिक उन्नतिको सम्भावना पनि देखिन्छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।