Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, श्रावन २८

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा सोमबार दिउँसोदेखि आंशिक रूपमा अवरुद्ध भएको छ। पोखरा र दमौली बीचमा नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा एनसेलको अप्टिकल फाइबर काटिएपछि यो समस्या उत्पन्न भएको हो।

सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा पुनः सुचारु गर्न केही समय लाग्ने एनसेलले जनाएको छ। यसका कारण एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा फोन सम्पर्क गर्न सकिएको छैन, साथै कम्पनीको मोबाइल एप समेत काम गर्न सकेको छैन।

यद्यपि, एनसेलबाट नेपाल टेलिकमका नम्बरहरूमा सम्पर्क हुन भने कुनै समस्या देखिएको छैन। नेटवर्कको समस्या देशव्यापी रूपमा देखिएको भए पनि मधेस प्रदेशमा भने असर परेन। पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई जोड्ने अप्टिकल फाइबर काटिएपछि देशव्यापी रूपमा एनसेलको सेवा प्रभावित भएको स्रोतले जनाएको छ।

यसैबीच, एनसेलले एक सूचना जारी गर्दै आफ्ना सेवाहरूमा आएको प्राविधिक समस्याका लागि क्षमायाचना गरेको छ। कम्पनीले सेवा पुनः सुचारु गर्न तदारुकताका साथ काम भइरहेको जानकारी समेत गराएको छ। “यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,” एनसेलले भनेको छ। “अवरुद्ध सेवा यथाशीघ्र नियमित गर्न हाम्रो प्रयास जारी छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *