Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, श्रावन २३

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’

हालसम्म मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन। घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र प्रहरीहरू गएका छन्। विस्तृतमा जानकारी आउँदैछ।

4o

Leave a Reply

Your email address will not be published. Required fields are marked *