सामाजिक फीड
जनकपुरधाम, श्रावन २१
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो ।
प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको र सबै उपचार पछि डिस्चार्ज भइसकेका छन् ।
माइक्रो बसमाथि रुख खसेपछि अवरुद्ध भएको सडक भने खुलिसकेको छ ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।