सामाजिक फीड
जनकपुरधाम, श्रावन २०
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा स्वराङकन (डबिङ) गरेका छन्। यो चलचित्र एसिड आक्रमणमा परेका पीडितहरूको कथामा आधारित छ। फिल्ममा एसिड सर्भाइभर मुस्कान खातुनको समेत अभिनय रहेको छ। फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन्, र अभिनेता रमित ढुंगानासहितका कलाकारहरूले पनि अभिनय गरेका छन्।
फिल्मको मुख्य उद्देश्य एसिड आक्रमणको विषयलाई उजागर गर्दै समाजमा चेतना फैलाउने रहेको छ। केपी ओलीले चलचित्रमा आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निभाएका छन्, जसले दर्शकहरूलाई थप चासो दिने विश्वास गरिएको छ
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।