Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, श्रावन ९

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ । 

विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *