सामाजिक फीड
जनकपुरधाम, ५ साउन २०८१, शनिवार
चीनको शानक्सी प्रान्तमा शुक्रबार साँझ करिब ८:४० बजे आएको भीषण वर्षा र बाढीका कारण पुल भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी बेपत्ता भएका छन्। शनिबार बिहानसम्म उद्धार टोलीले नदीमा खसेका पाँचवटा सवारी साधनलाई बाहिर निकालेको छ। उद्धार कार्य जारी रहेको छ, जसमा ७३६ जना अग्नि नियन्त्रक, १८ वटा डुंगा र ३२ वटा ड्रोन समावेश छन्। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा एक कार्यदल पठाएको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।