समजिक फीड
जनकपुरधाम, असार २७
एनसेलका ग्राहकहरूले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन्। एनसेल र फेसबुकको मातृ संस्था मेटाले यसलाई सम्भव बनाउँदै साझेदारी गरेका छन्।
मंगलबारदेखि लागू हुने गरी, एनसेलले फेसबुक बेसिक मोड र डिस्कभर नामक दुई नयाँ प्रोडक्ट सञ्चालनमा ल्याएको छ। डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ भने फेसबुक बेसिक मोडले टेक्स्ट र फोटो सहित फेसबुक प्रयोग गर्न मिल्छ।
एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउँछ र डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ।”
डिस्कभर एप प्रयोग गरेर एनसेलका ग्राहकहरूले टेक्स्ट मात्र पहुँच हुनेगरि इन्टरनेट चलाउन सक्छन्, जसमा स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारीहरू बुकमार्क गरिएको छ।
फेसबुक बेसिक मोडमा, ग्राहकहरूले डेटा प्याक वा ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन्। डेटा खरिद गरेपछि ग्राहकहरू स्वतः फुल फेसबुक मोडमा फर्किन्छन्।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।