Samajik Feed – News Portal from Nepal

समजिक फीड
जनकपुरधाम, असार २४

सप्तकोशीमा पानीको बहाब घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्बाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो । 

सप्तकोशीका यस अघि सबै  ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *