Samajik Feed – News Portal from Nepal

समजिक फीड
जनकपुरधाम, असार ११

मेलम्ची नदीमा बाढी आएपछि काठमाडौँ आउँने खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ। मेलम्ची नदी धमिलिन थालेपछि सोमबार साँझदेखि पानी आपूर्ति बन्द गरिएको हो ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *