Samajik Feed – News Portal from Nepal

समजिक फीड
जनकपुरधाम, जेष्ठ ३१

नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । 

काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस  कापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *