Samajik Feed – News Portal from Nepal

आर. के. महतो

जनकपुरधाम, फागुन २० गते ।

जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहेका स्वास्थय संस्थाहरुमा औषधी अभावले यहाँका विपन्न वर्ग नराम्ररी प्रभावित भएका छन् ।

उपमहानगरपालिकाको मातहतमा रहेका सरकारी स्वास्थ्य संस्थामा औषधी उपचार नपाउँदा छाँक टार्न मुस्किल पर्ने गरिब तथा विपन्न वर्गका नागरिक निजी क्लिनिक तथा औषधी पसलमा मंहँगो उपचार गराउन बाध्य भएका छन् ।

केही समयअघि जनकपुरधाम उपमहानगरपालिका–२५ स्थित लोहना स्वास्थ्य चौकीमा लुतोले समस्यामा परेका मुसहर समुदायका एक स्थानीय युवकले स्वास्थ्य चौकीमा औषधी नपाउँदा त्यहाँ झगडै परेको स्वास्थ्य चौकी प्रमुख जगदिश यादवले बताए ।

उनका अनुसार विरामीले पाउनुपर्ने निःशुल्क औषधी स्वासथ्य चौकीमा नहुँदा ती युवक स्वास्थ्यकर्मीसँग झगडामा उत्रिएका थिए । नियम अनुसार पाउनुपर्ने औषधी नपाएको झोंकमा विवादमा उत्रिएका ती युवक आक्रोशित भएर त्यहाँ कार्यरत स्वास्थयकर्मीलाई झम्टिनै खोजेका थिए ।

विवाद अनियन्त्रित हुँदै गएपछि प्रहरी नै बोलाउनुपर्ने स्थिती आइसकेको थियो । यद्दपी अन्तिम समयमा जसोतसो विवाद थामथुम पारियो । ती युवकले त्यहाँ औषधी नपाउँदा फर्केर घर हिँडे ।

दिनमा यस्ता कैयन विपन्न वर्गका विरामी पीडा बोकेर त आउँछन् तर औषधी उपचार समेत नपाई फर्किन्छन् । सामान्य औषधिसमेत नदिई विरामीलाई फर्काउनुपर्दा आफैंलाई नरमाइलो लाग्ने यादव बताउँछन्। तर उनीसँग भने विरामीलाई सम्झाइबुझाई फर्काउने बाहेक केही विकल्प छैन् ।

किनकी उपमहानगरपालिकाले स्वास्थय चौकीमा पर्याप्त औषधी नै पठाउँदैन् ।

आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) स्वास्थ्य चौकीबाट विभिन्न ९८ प्रकारका औषधि नि : शुल्क पाइने व्यवस्था छ। तर लोहना स्वास्थ्य चौकीमा भने २२ प्रकारका औषधि मात्रै उपलब्ध रहेको यादवले बताए।

‘लुतोको बिरामीका लागि चाहिने गामाबेन्जन हेक्सोक्लोराइड हो जसले जरैदेखि रोग ठिक पार्छ तर ७ महिनादेखि त्यो औषधि छैन। त्यस्ता बिरामीलाई हामीले कालामाइन लोसन दिएर पठाउँछऔँ जसले हल्का आराम त हुन्छ तर रोग ठिक हुन्न,’ उनले थपे, ‘सबैभन्दा धेरै यहाँ सिजनल बिरामी आउँछन् तर त्यसको औषधि पर्याप्त हुन्न। जस्तै एन्टिबायटिक एमोक्सास्लिन धेरै माग छ तर त्यो नहुँदा अर्को चलाउँछौँ। गालीबाट बच्न मिल्दोजुल्दो देखिने फरक औषधि दिएर बिरामीलाई पठाउनु परेको छ। सही औषधिको जहिल्यै अभाव हुन्छ। हामीले पाएकोबाट न बाँड्ने हो जो आउँदै आउँदैन कहाँबाट वितरण गर्ने ?’

निजीमा उपचार गराउन नसक्ने निम्न आर्थिक वर्गका मान्छे मात्रै स्वास्थ्य चौकीमा आउँछन्। लोहनामा मात्रै झण्डै ५ सय विपन्न परिवारको बसोबास छ। स्वास्थ्य चौकीमा दिनको ८/१० जना पुग्छन्। जबकी यहाँ पाँच जना स्वास्थयकर्मी बस्छन्। कर्मचारी र स्वास्थ्य संस्था भएपनि औषधि नपाइने भएपछि सर्वसाधारण निजीमै जान बाध्य छन्।
उपमहानगरपालिबाट प्राप्त हुने औषधि पनि आवश्यकताको आधारमा नआउने गरेको उनले गुनासो गरे।

‘एक त औषधि कम आउँछ। आउने मध्येमा पनि जसको आवश्यकता धेरै छ त्यो थोरै आउँछ। माग नभएको चाहिँ धेरै पठाउँछ,’ यादवले भने।
जस्तै, मेट्रोन सिरप २५ ३० वटा काफी हुन्छ तर तीन सय पठाइदिएको छ। ग्यासको औषधि डोज अनुसार दियो भने दुई हजार ट्याब्लेट खपत हुन्छ तर त्यो ६ सय मात्रै पठाउँछन्। जसलाई १५ वटा आवयश्क्ता हुन्छ उसलाई पाँचवट मात्रै काटेर दिन्छौँ, उनले भने।

आवश्यकता नहुने तर माथिबाट बढी आउने सबै औषधि एक्सपायर भएपछि फाल्ने गरेको उनले सुनाए। महिना दिनअघि आएको दुई सय ५० मध्ये दुई सय भाइल फालेको बताए।
‘बल्ल बल्ल आइपुगेको औषधिको म्याद पनि प्रायस् दुईरतीन महिना मात्रै हुन्छ। यो अर्को समस्या हो,ु उनले भने।

यसबारे उपमहानगरपालिकाको स्वास्थ्य शाखामा महिनैपिच्छे जानकारी गराउँदा समेत आश्वासन बाहेक केही नपाएको उनले उल्लेख गरे।

औषधि नभएको भन्दै प्राय स्वास्थ्य संस्थाबाट यतिकै फर्काइदिँदा आफुहरू समान्य उपचारका लागि निजी संस्थामै जानु परेको लोहनाकी ५५ वर्षीया पवनदेवी मण्डलले गुनासो गरिन्।

‘स्वास्थ्य चौकीमा दबाई छैन भनेर फर्काइदिन्छ। त्यहाँ दिएको औषधिले न ज्वरो ठिक हुन्छ न पेटको समस्या। बच्चादेखि वृद्धसम्म सबैको उपचार ऋण काढेर गाउँको र जनकपुरको क्लिनिकमा गराउँछौँ,’ उनले भनिन्।
उपमहानगरपालिकाले वडा नम्बर १८ मा स्थापना गरेको सहरी स्वास्थ्य केन्द्रको अवस्था समेत उस्तै छ। स्थानीय धनेश्वर यादवले आँखामा हाल्ने ड्रपका लागि दुई हप्तादेखि केन्द्रमा धाए। तर पाएनन्।

‘नगरपालिकाले औषधि पठाएपछि दिन्छौँ भनेका थिए। दोस्रो पटक आउँदा पनि यहाँ औषधि छैन भन्छ। सबै औषधि निजीबाटै किन्नुपर्ने हो भने सरकारले किन सरकारी अस्पताल खोलेको?,’ उनले प्रश्न गरे।

यहाँका प्रमुख डा।रामकृष्ण साहले विपन्न वर्गका मानिस उपचार गराउन आउँदा उनीहरूलाई औषधिको नाम लेखेर बाहिरका पसलमा पठाउने गरेको बताए।

‘उपलब्ध हुने जति औषधि दिएर पठाउँछौँ तर निःशुल्क पाउनुपर्ने औषधि हामी कहाँ अभाव छ। जस्तै मानसिक समस्या लिएर आउने बिरामीका लागि औषधि छैन। जुन एन्टिबायोटिक जरूरी छ त्यो छैन जबकी यो प्रादेशिक अस्पताल पछिको दोस्रो ओहोदाको स्वास्थ्य संस्था हो,’ उनले भने, ‘अति आवश्यक औषधिहरू हामीकहाँ धेरै कम छ। एमडी डाक्टर बस्छ भनेर यहाँ क्रिटिकल केश आउँछन तर क्रोनिक औषधि, मुटुको औषधि यहाँ हुन्न। कतिले उल्टै डाक्टरैले दबाई बेच्छ भन्ने आरोप लगाउँछन्। उपमहानगरपालिकाले नपठाएको बुझ्दै बुझ्दैन।’

चप्पल लगाउने हैसियत नभएकाहरूलाई औषधि किन्न निजी क्लिनक पठाउनुपर्दा मन्न खिन्न हुने गरेको डा. साहले सुनाए।

जनकपुरधामको स्वास्थ्य संस्था किन यति भद्रगोल छ त ? यतिधेरै बेतिथी हुँदा समेत उपमहानगरपालिकाको स्वास्थय शाखाले औषधी नपठाउनुको कारणबारे समाजिक फीडको अर्को भागमा हामी उल्लेख गर्नेछौँ ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!