Samajik Feed – News Portal from Nepal

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, १८ मंसिर । नेपाली बजारमा सोमबार सुन तोलाको ८ सयले बढेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ […]

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर २०२३’ को उपाधि

काठमाडाैँ, १५ मंसिर । नेपालकाे प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ दि इयर’ को अन्तर्राष्ट्रिय उपाधि पाएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका दि बैंकरले सन् २०२३ को बैंक अफ दि इयरबाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । बैंकले विज्ञप्ति जारी गरी ‘बैंक अफ दि इयर-२०२३ को उपाधि प्राप्त गर्न […]

एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा

काठमाडाैँ, १३ मंसिर । मलेसियास्थित आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । नेपालमा व्यवसाय गर्न कठिनाइ भएको औंल्याउँदै सो समूहले एनसेलबाट आफ्नो स्वामित्व फिर्ता लाने घोषणा गरेको हो ।  नेपालमा चुनौती बढेकाले कम्पनीको सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका छन् । यो घोषणासँगै […]

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, ३ कार्तिक । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० र चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल र तेजाबी […]

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न अर्थमन्त्री महत सकारात्मक

महोत्तरी, २२ भाद्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौँमा शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी […]

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २३ साउन । नेपाली बजारमा सुनको मूल्य घट्दै गएको छ । मंगलबार सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य […]

बैंकहरूको खराब रिपोर्टले, नेप्से सूचकांक ३८.३७ अंकले घट्यो

२१ साउन, जनकपुर । (नेप्से) परिसूचक अघिल्लो दिनको बन्दको तुलनामा ३८ दशमलव ३७ अंक वा १ दशमलव ८३ प्रतिशतले दोहोरो अंकले घटेर २ हजार ५१ दशमलव ४७ अंकमा बन्द भएको छ । यस दिन २ अर्ब ६८ करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर कारोबार भएको छ। घट्दो बजारमा कारोबार रकम बढ्नुलाई राम्रो मानिदैन। यसले […]

सुनको मूल्य घट्यो, एक लाख १२ हजारमा कारोबार

काठमाडौँ, ८ साउन । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको […]

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, ०७ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि राष्ट्र बैंकले आइतबार मौद्रिक नीति जारी गरेको हो । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ । चालु आवमा विस्तृत मुद्राप्रदाय १२ दशमलव पाँच […]

शेयर बजार ९.९१ अंकले बढ्यो

नयाँ आर्थिक वर्ष लागेपछिको लगातार साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९१ अंकले वृद्धि हुँदा २१५४.०७ को विन्दुमा बन्द भएको छ । नेप्सेमा मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र […]

error: Content is protected !!