सामाजिक फीड,
काठमाडौँ, २१ चैत । अण्डाको समर्थन बिक्री मूल्य तोकिएको छ ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घले तोकेको नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ छ । त्यस्तै, ठुलो अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ ।
सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरुप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।