सामाजिक फीड,
काठमाडौँ, १९ चैत । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य आज सोमबार फेरि नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।