जनमतको ठहर– सहमति भाँडिएकाले प्रदेश सरकारबाट बाहिरियाैँ

सामाजिक फीड, काठमाडाैँ, २१ माघ । जनमत पार्टीले सहमति भाँडिएकाले मधेश प्रदेश सरकारबाट बाहिरिएको जनाएको छ । आइतबार काठमाडौँ मध्यबानेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय बसेको सचिवालय बैठकमा प्रदेश सरकारबाट बाहिरिनुको कारण, संगठन निर्माण तथा परिचालनलगायत विषयमा छलफल भएको पार्टी प्रवक्ता शरद सिंहले जानकारी दिएका हुन् । जसपाद्वारा सहमति भाँडिएकाले मधेश प्रदेशबाट सरकारबाट आफूहरू बाहिरिएको प्रवक्ता सिंहले […]
मिथिला बिहारी नगरपालिका कार्यालयमा तालाबन्दी

सामाजिक फीड । धनुषा, २१ माघ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गत वैशाख १० गते विज्ञापन गरिएको करार कर्मचारी भर्नाको नतिजा प्रकाशन नगरी नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप लगाउँदै जनप्रतिनिधिहरूले नै तालाबन्दी गरिदिएका हुन् । नतिजा सार्वजनिक नहुँदा नगरपालिकाको एम्बुलेन्स, जेसीबीलगायत अन्य सवारी साधनहरू कवाडमा परिणत भइरहेको वडा […]
बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई यादब पक्राउ

सामाजिक फीडजनकपुरधाम , माघ २१ गते । नेपाल प्रहरीका पूर्वप्रहरी सई अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । आमा घरमा नभएका बेला पुस १७ गते बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी […]
तोलामा ६ सयले घट्यो सुनको भाउ, कतिमा भइरहेको कारोबार ?

सामाजिक फीडजनकपुरधाम , माघ २१ गते । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन एक […]
आजपाद्वारा काठमाडाैँमा भ्रष्टाचारविरुद्ध खबरदारी र्याली

काठमाडौँ, २० माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले काठमाडाैँमा भ्रष्टाचारविरुद्ध बृहत् खबरदारी र्याली निकालेको छ । शनिबार पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध शक्ति प्रदर्शन गरेको हो । आजपाका नेता तथा कार्यकर्ताले भ्रष्टाचार विरोधी नारासहित निकालेको मोटरसाइकल र्याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर समापन भएको थियो । भ्रष्टाचारले आम जनता आजित भएको र देश […]
प्रहरीमाथि कारबाही गर्न जनकपुरधामका व्यवसायीको माग, आइतबार दुई बजेसम्म बजार बन्द हुने

जनकपुरधाम, २० माघ । सुनचाँदी व्यवसायीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै जनकपुरधामका व्यवसायीहरूले आइतबार केही घण्टा बजार बन्द गर्ने भएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघले आइतबार दिउँसो २ बजेसम्मका लागि बजार, उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न आह्वान गरेको हो । व्यवसायीमाथि झुटो मुद्दा चलाइएको दाबी गर्दै संघले प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित मुख्यमन्त्री कार्यालय, […]
ई–डिभी लट्रीका लागि नक्कली सर्टिफिकेट बनाउने १० जना प्रहरीको फन्दामा

सामाजिक फीडजनकपुरधाम , माघ १९ गते । अमेरिकाको ई–डिभी लट्रीको भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई […]
नेपाली सांसद्को टोली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

नयाँ दिल्ली । नेपाली सांसदको टोलीले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेको छ । नेपाली सांसदहरूको टोलीसँगको भेटमा दुई पक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू भारत भ्रमणमा छन् । भारतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निम्तोमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति […]
भारतमा मोबाइल फोनका कम्पोनेन्टहरुको आयात शुल्क घट्यो

एजेन्सीजनकपुरधाम, माघ १९ गते । भारतमा मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटेको छ । भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको हो । अर्थ मन्त्रालयको राजश्व विभागका अनुसार भन्सार महसुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू […]
आगोले जलेर एक जनाको मृत्यु

बुटवल, १९ माघ । दाङमा खाना पकाउने क्रममा आगोले जलेर एक जनाको मृत्यु भएको छ । गएराति तुलसीपुर उपमहानगरपालिका–८ कटकुईयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको जलेर मृत्यु भएको हो । दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किँदा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । samajik_feedsamajikfeed.com