Samajik Feed – News Portal from Nepal

नेपाली संसदीय टोलीद्वारा उत्तर प्रदेशका राज्यपाल र मुख्यमन्त्रीसँग भेटवार्ता

सामाजिक फीड, काठमाडौँ, २३ माघ । भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेको छ । ११ सदस्यीय टोलीले लखनउस्थित राजभवन पुगेर राज्यपाल पटेलसँग शिष्टाचार भेट गरेको हो । भेटमा सांसद् यादवले उत्तर प्रदेशका विश्वविद्यालयसँग परस्पर शैक्षणिक आदान प्रदान, […]

उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

समाजिक फीड जनकपुरधाम, माघ २३ गते । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ६ जना न्यायाधीशको सरुवा गरेको हो। यस्तै, ३ जना जिल्ला न्यायाधीशको काज सरुवा गर्ने निर्णय भएको छ । उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत […]

मधेशका नेताहरूले भने– ‘राजतन्त्र फर्काउने षड्यन्त्रविरुद्ध अग्रसरता देखाऔँ’

सामाजिक फीड, जनकपुरधाम, २३ माघ । केही शक्तिहरू राजतन्त्र फर्काउने षड्यन्त्र रचेको भन्दै यसको विरोधमा अग्रसरता देखाउन विभिन्न राजनीतिक दलका नेताहरूले सर्वसाधारणसँग अपिल गरेका छन् । मधेश प्रदेशमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन् । जनतालाई भ्रमित गरी केही प्रतिक्रान्तिवादी शक्तिहरूले जनताको सर्वोच्चता र संविधानका प्रावधानविपरीत […]

रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि

सामाजिक फीड, काठमाडौँ, २३ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको जनाएको छ । मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार यस अवधिमा रेमिट्यान्स ७३३ अर्ब २२ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । त्यस्तै अमेरिकी डलरमा विप्रेषण […]

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , माघ २३ गते । आज पनि सुन–चाँदीको मूल्य घटेको छ।पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले तेस्रो दिन अर्थात् मंगलबार पनि निरन्तरता पाएको हो। आइतबार प्रतितोला छ सय रूपैयाँ, सोमबार प्रतितोला चार सय रूपैयाँ र मंगलबार प्रतितोला पाँच सय […]

सर्लाहीमा नापी कार्यालयका ११ कर्मचारी सवार गाडी दुर्घटना, सबै गम्भीर

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । गम्भीर घाइते हुनेहरुमा नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका वर्ष ४५ का संजय मान्धर, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ३५ का रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने बिनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव छन् । उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय […]

उद्योगी अरुण चौधरी मंगलबार रिहा हुने

सामाजिक फीड, काठमाडौँ, २२ माघ । काठमाडौँ जिल्ला अदालतले उद्योगी अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ । म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरेपनि मंगलबारसम्ममा रिहा गर्न आदेश दिएको हो ।  न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिर जमानीमा […]

मधेश प्रदेश : वडा सचिवले भ्रष्टाचार गरेको पुष्टि, ३ वर्ष जेल र २७ लाख जरिवाना गर्ने फैसला

समाजिक फीड जनकपुरधाम, माघ २२ गते । सिरहाको तत्कालीन राजपुर गाविसका सचिव केशव घिमिरे भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद र २७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन गाविसको रकम उनले हिनामिना […]

पूर्वराजा पार्टी खोल्न सक्रिय भएका होला : ओली

सामाजिक फीडजनकपुरधाम, माघ २२ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र पार्टी खोल्न सक्रिय भएको हुन सक्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीको जिज्ञासामा उनले भने ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला’उनले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नु पर्ने बताए । […]

सामाजिक सुरक्षा कोष र मधेशका ४७ पालिकाबीच सम्झौता

सामाजिक फीड, महोत्तरी, २२ माघ । मधेश प्रदेशका स्थानीय तहहरूले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने क्रम जारी राखेका छन् । कोषले बर्दीबासमा गरेको दुई दिने कार्यशाला गोष्ठीमा सहभागी महोत्तरी, सर्लाही र धनुषाका ५३ स्थानीय तहमध्ये ४७ वटा पालिकाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । श्रमिकको आर्थिक सुरक्षा र सामाजिक न्यायका लागि यो कोष खडा गरिएको […]