Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम , माघ २३ गते ।

आज पनि सुन–चाँदीको मूल्य घटेको छ।
पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ ।

आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले तेस्रो दिन अर्थात् मंगलबार पनि निरन्तरता पाएको हो।

आइतबार प्रतितोला छ सय रूपैयाँ, सोमबार प्रतितोला चार सय रूपैयाँ र मंगलबार प्रतितोला पाँच सय रूपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १३ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!