Skip to main content

समाजिक फीड

जनकपुरधाम, माघ २२ गते ।

सिरहाको तत्कालीन राजपुर गाविसका सचिव केशव घिमिरे भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद र २७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन गाविसको रकम उनले हिनामिना गरेको ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई सिरहाको राजपुर गाविसमा आव २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फको आम्दानीमा हिनामिना गरेको आरोप लगाउँदै २०७८ फागुन २७ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

घिमिरेले सामाजिक सुरक्षा भत्तामा २०७२/०७३ को दोस्रो किस्ताको रकम बैङ्कबाट झिकी वितरण नगरेको, कुनै स्रेस्ता बिल भरपाई नराखी खरिद आदेश, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरूमा हिनामिना गरेको अख्तियारको ठहर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *