कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्ले थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता […]
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् रिजल्ट

काठमाडौँ, २१ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि गत चैत १७ गतेदेखि २९ गतेसम्म चलेको एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । यसपटक २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिएका छन् । अघिल्लो वर्ष […]
प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ, २१ असार । नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ । बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेका हुन् । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री दाहालले सोमबार एउटा कार्यक्रममा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने माग गरे । उनले स्वाधीन राष्ट्रलाई […]
किर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

सामाजिक फीड-जनकपुधाम, असार २० गते । किर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वर नगरपालिकाकी उपमेयर मीरा यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे कार्यालयमा पुगेका बेला उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुमार कार्कीले जानकारी दिए । उपमेयर यादवविरुद्ध उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई […]
महोत्तरीमा गोली चल्यो,एकजना गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, असार २० गते । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली प्रहारबाट महोत्तरीकै रामगोपालपुर नगरपालिका १ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले सोही यादवमाथि गोली प्रहार गरेका हुन् । मंगलबार साँझ […]
घट्यो पेट्रोलियम पदार्थको भाउ

सामाजिक फीड-जनकपुरधाम, असार १८ गते । पट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७.५० रुपैयाँ, डिजेलमा ६ र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ […]
कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर, १७ असार । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका हुन् । यसका लागि दलहरूलाई ५ दिनको समय दिइएको छ । दलहरूले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । प्रदेश […]
आरती साह मृत्यु प्रकरण : धनुषाका एसपी डिएसपीबिरुद्ध किटानी जाहेरी

सामाजिक फीडजनकपुरधाम, असार १६ गते । धनुषाका प्रहरी प्रमुख (एसपी) र डिएसपीसहितका प्रहरीहरुबिरुद्ध किटानी जाहेरी परेको छ । धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाका विनोद साहकी २० वर्षीया छोरी मनिषा साहले शुक्रबार हुलाकबाट जाहेरी पठाएकी हुन् । मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया अरती साहकी बहिनी हुन् । […]
ललिता निवास प्रकरण : सरकारको नाममा कारण देखाउ आदेश

काठमाडौँ, १५ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश डा. कुमार चुँडालको इजलासले यस्तो आदेश जारी गरेको हो । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अबैध […]
पोखरामा आज सातवटै प्रदेशका मुख्यमन्त्री भेला हुँदै

काठमाडौँ, १४ असार। कास्कीको पोखरामा आज सातवटै प्रदेशका मुख्यमन्त्री भेला हुँदैछन् । गण्डकी प्रदेश सरकारको अगुवाइमा हुन लागेको भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। भेलामा प्रधानमन्त्री दाहालले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेशसँगको असमझदारी हटाउनेबारे छलफल गर्ने जनाइएकाे छ । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुनेछ। मुख्यमन्त्रीको भेला दोस्रो पटक […]